आजदेखि लागु हुनेगरी ट्रम्पले लगाए ५० प्रतिशत कर

निरन्तर न्यूज
२२ जेष्ठ २०८२, बुधबार १३:२२

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै स्टिल र अल्मनियममा लगाउने आयात कर बढाएर ५० प्रतिशत बनाएका छन्। मार्च यता दोस्रो पटक कर लगाइपछि क्यानको खाद्यान्नदेखि कारसम्मको मूल्य बढ्ने अनुमान गरिएको छ। ट्रम्पले बुधबारदेखि नै लागु हुने गरी यो निर्णयमा हस्ताक्षर गरेका हुन्।

आलोचकले यसले अमेरिकाका धातुबाट बन्ने सामग्रीको मूल्य धेरै वृद्धि हुने बताइएको छ। धेरै व्यापारीले आफ्नो व्यवसायमा नै धरमराउने सम्भावना देखेर चिन्ता व्यक्त गर्न थालेका छन्। उनीहरूको चासो धातुजन्य सामग्री छाडेर कागज या प्लास्टिकको विकल्प रोज्न थालेका छन्। यसले आफ्नो व्यवसायमा पर्ने समस्याप्रति उनीहरुको चिन्ता छ।

युरोपेली युनियनपछि सबै भन्दा धेरै स्टिल अमेरिकामा आयात हुन्छ। धेरै स्टिल क्यानडा, ब्राजिल, मेक्सिको र दक्षिण कोरियाबाट जाने गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*