भारतमा हेलिकप्टर दुर्घटना, पाइलटसहित सात जनाकाे मृत्यु

निरन्तर न्यूज
१ असार २०८२, आईतवार १०:५६

काठमाडौं । भारतको उत्तराखण्डको केदारनाथ नजिकै गौरीकुण्ड क्षेत्रमा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

दुर्घटनामा पाइलटसहित सबै ७ यात्रुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

केदारनाथबाट गुप्तकाशी उडान भरेको आर्यन एभिएसनको हेलिकप्टर गौरीकुण्डको जंगलमा दुर्घटनाग्रस्त भएको हो। हेलिकप्टर केदारनाथ मन्दिरबाट तीर्थयात्री बोकेर गुप्तकाशी उडेको थियो।प्रारम्भिक जानकारी अनुसार खराब मौसम दुर्घटनाको कारण भएको बताइएको छ । उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार हेलिकप्टरमा सवार यात्रुहरू उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*