सशस्त्रकाे एआईजीमा ठाडा मगरकाे बढुवा

निरन्तर न्यूज
३ असार २०८२, मंगलवार ०७:११

काठमाडौँ। सशस्त्र प्रहरीका गणेशबहादुर ठाडा मगर अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिसअनुसार ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन डटकमको सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए।

गत जेठ १५ गते गृह मन्त्रालयले ठाडा मगरको नाम बढुवाका लागि सिफारिस गरेको थियो। बढुवाको प्रतिस्पर्धामा रहेका आधा दर्जनभन्दा बढी डीआईजीहरूलाई पछि पार्दै ठाडा मगर दोस्रो नम्बरबाट सिफारिस भएका थिए।

पहिलो नम्बरमा कमल गिरी थिए। शक्तिकेन्द्रहरूबीचको रस्साकस्सीका कारण डेढ महिनासम्म बढुवा सिफारिस रोकिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*