अमेरिकि राष्ट्रपति ट्रम्पलाई राजदूत रेग्मीले बुझाए ओहोदाका प्रमाण पत्र

निरन्तर न्यूज
३ असार २०८२, मंगलवार ०७:१४

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा. लोक दर्शन रेग्मीले राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष ओहोदाका प्रमाण पत्र पेश गरेका छन् ।

अमेरिकाको राजधानी वासिङटन डिसीमा आयोजित एक समारोहमा राष्ट्रपति ट्रम्पले रेग्मीको पत्र बुझेका थिए ।

राजदूत रेग्मीले राष्ट्रपति ट्रम्पसमक्ष ओहोदाका प्रमाण पत्र पेश गरेको अमेरिकास्थित नेपाली दूतावासको आधिकारिक सामाजिक सञ्जालमा उल्लेख छ ।

भेटका क्रममा ट्रम्पले राजदूत रेग्मीसँग फोटो पनि खिचाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*