इरानको टेलिभिजन स्टुडियोमै इजरायली आक्रमण

निरन्तर न्यूज
३ असार २०८२, मंगलवार ०७:१९

काठमाडौं । इजरायलले इरानको सरकारी टेलिभिजन स्टुडियोमै आक्रमण गरेको छ । इजरायलले तेहरानस्थित इरानी सरकारी टेलिभिजन, इस्लामिक रिपब्लिक अफ इरान ब्रॉडकास्टिङ (आइआरआइबी)मा हवाई आक्रमण गरेको हो ।

लाइभ न्युज प्रसारण भइरहेको बेला आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ । तर न्युज एंकरलाई भने केही भएन । आक्रमणपछि मुख्यालयमा क्षति भएको आइआरआइबीले बताएको छ ।

आक्रमणपछि केही समयको लागि प्रसारण बन्द भएको थियो । तर च्यानलले पुनः प्रसारण सुरु गर्दै आफ्नो कार्यक्रमहरू बिना कुनै कठिनाइका साथ प्रसारण भइरहेको दाबी गरेको छ।

आक्रमणले इजरायल र इरानबीचको द्वन्द्व थप चर्किने देखिएको छ । इजरायलले १३ जुनमा इरानमा हवाई आक्रमण गरेको थियो, जसको जवाफमा इरानले इजरायलमा मिसाइल प्रहार गरेको छ, जसमा आठ जनाको ज्यान जानुका साथै सय भन्दा धेरै घाईते भएका थिए ।

अन्तर्राष्ट्रिय समुदायले यस द्वन्द्वको बढ्दो प्रभाव र सम्भावित क्षेत्रीय अस्थिरताका कारण चिन्ता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु