आज बागमती प्रदेश सभाको बैठक बस्दै
काठमाडौँ । बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
आज बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफल गर्नेछ । यसअघि असार १२ गतेका लागि तय गरिएको बैठक सत्ता साझेदार दलका सांसदहरूले नै विरोध गर्ने भएपछि स्थगित गरिएको थियो। प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै बैठक असार १६ गतेका लागि सारिएको जानकारी गराएको थियो।
प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा बजेटमाथि छलफल सुरु गरिनेछ । बजेटमाथिको छलफलसँगै संशोधन प्रस्तावहरू समेट्दै बैठकहरू निरन्तर सञ्चालन गरिने तयारी सचिवालयले जनाएको छ।










