सात सचिवको सरुवा, गृहमा राजकुमार श्रेष्ठ

निरन्तर न्यूज
१४ पुष २०८२, सोमबार १६:४५

काठमाडौं । सरकारले गृहसचिव रामेश्वर दंगालसहित सात जना सचिवको सरुवा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई सरुवा गरी उनको ठाउँमा राजकुमार श्रेष्ठलाई पठाएको छ । श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थिए ।

यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गर्दै दीपक काफ्लेलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.हरि लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने, उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौडेललाई युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ ।

लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*