वर्षाको कारण हेटौँडाका केही क्षेत्र डुवानमा, काठमाण्डौँजाने सडक अवरुद्ध
हेटौंडा। मकवानपुर जिल्लामा गएरातिबाट भारी भारी वर्षा भइरहेको छ । वर्षाको कारण मानिसको जनजीवनमा समेत प्रभाव परेको छ । सजिलै दैनिकी सन्चालन हुन समेत समस्या भएकाे छ । विद्यालय, कलेज तथा कार्यालय जानेहरुलाई समेत वर्षातले असहज बनाएको छ ।
हेटौंडाको राप्ती खोलामा पानीको बहाब बढेको छ । लगातारको वर्षाको कारण हेटौँडा-सिस्नेरी-काठमाण्डौँ, हेटौँडा-फाखेल-काठमाण्डौँ र कान्तिलोकपथको सडक अवरुद्ध रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
वर्षातको कारण हेटौँडा ५ गर्दोहीका तीन वटा घरमा पानी पसेकाे छ । हेटौडा ५ शान्तिनगर नजिकैको कल्भर्टमा पानी जमेर निकास नपाएपछि नजिकैका तीन घर भित्र पानी पसेकाे वडा प्रहरी कार्यालयका निरीक्षक सन्तोष श्रेष्ठको टोली घटनास्थल पुगेर उक्त घरमा रहेकाहरुलाइ वाहिर निस्केर सुरक्षित रहन आग्रह गर्नुभएको छ ।
हेटौँडा भैसे सडक खण्डको बाघझोरामा पानीको बहाबको कारण आवात जावतमा समस्या भएको छ । डोजरको सहायताले पहिरो पन्छाउने काम भैरहेको फिल्डमा खटिएका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए । केही समयमा अवरुद्ध सडक खुल्ने श्रेष्ठले बताए ।
यसै क्रममा वडा नं ५ का वडा अध्यक्ष राजेश वाँनीयाले शान्तिनगर, गर्दोही लगायतका स्थानीयहरुलाई भेटेर बाढीबाट सचेत र सजग रहन आग्रह गर्नुभएको छ ।
वडा अध्यक्ष बाँनीयाले प्रहरी, प्रशासनसँग आपतकालिन अवस्थाबारे अवगत गराउँदै आवश्यक परे उद्दारमा जुट्नको लागि अनुरोध समेत गर्नुभएको छ ।
बाढि पहिरोको कारण सडक अवरुद्ध भएपछि हेटौंडा भएर काठमाण्डौँ जाने यात्रुहरु मर्कामा परेका छन् ।
मकवानपुर भएर चल्ने पूर्व पश्चिम राजमार्गमा भने सवारी आवत जावतमा समस्या नभएको मकवानपुर प्रहरीले जनाएको छ ।
आपतकालिन अवस्थाबारे प्रहरी प्रशासन पूर्व तयारीमा छौँ
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जिल्लामा बाढि र पहिरोले समस्या आएको भएपनि हालसम्म जनधनको क्षति नभएको बताउनु भएको छ । जिल्लामा हुन सक्ने दुर्घटनालाई मध्यनजर गरेर सबै प्रकारका सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ तामाङ जानकारी दिनुभयो ।
नगरको राप्ती तथा कर्रा खोला र त्यसका आसपासका क्षेत्रहरु डुबानमा देखिन्छ । पानी निकास हुने स्थान नभएपछि उक्त क्षेत्र डुवानमा परेको प्रहरीले जनाएको छ ।
हेटौैडाका केही वडाहरुमा पानीले डुबान भएको क्षेत्रको स्थलगत निरीक्षण गरि त्यसबारे प्रहरी परिचालन गरेर संभवित हुन सक्ने दुर्घटनाबाट जनतालाई जोगाउन टोली परिचालन गरिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुर एसपी मुकेश कुमार सिंहले जानकारी दिनभयो ।
हालसम्म पूर्व पश्चिम राजमार्गमात्र सुचारु रहेको बताउँदै एसी सिंहले अन्य सबै अवरुद्ध सडकमा ससस्त्र र जनपथ प्रहरीले संयुक्त रुपमा काम गरिरहेको समेत बताउनु भयो । एस पि सिंहका अनुसार भिमफेदीको चमार, कलंकी, महालक्ष्मीस्थान, सिस्नेरी लगायत सडक अवरुद्ध भएका स्थानमा एक्साभेटर सहित संयुक्त प्रहरीको टोली परिचालन गरि बाटो सुचारु गर्ने कार्य भैरहेको बताउनुभयो ।













