मकवानपुरमा भिरबाट लडेर एकजनाकाे मृत्यू

निरन्तर न्यूज
२७ असार २०७६, शुक्रबार १२:२९

हेटौंडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ आग्राको बाल्चा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

भिरबाट लडेर रौतहट जिल्ला विजयपुर नगरपालिका वडा नम्बर ६ बस्ने २७ बर्षिय उमेश यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो । यादव घर बनाउने डकर्मी रहेकाे प्रहरीले जनाएकाे छ ।

गएराती ९ बजेको समयमा भिरबाट लडेर मृत्यु भएपनि प्रहरीलाई भने आज बिहान मात्र खवर आएको थियो ।

तश्विर गुगल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*