काँग्रेस नेता बर्तौलाको निधन

निरन्तर न्यूज
२५ श्रावण २०७६, शनिबार १८:३२

हेटौंडा । नेपाली काँग्रेसका हेटौंडा वडा नम्बर ११ का संस्थापक सभापति पिताम्बर बर्तौलाको आज शनिबार निधन भएको छ ।

लामो समयदेखि विरामी रहनुभएका काँग्रेसका संस्थापक नेता बर्तौलाको ८५ वर्षको उमेरमा आफ्नै निवास हेटौंडा ११ मा निधन भएको नेपाली काँग्रेसले जनाएकाे छ ।

स्वर्गीय बर्तौलाको पार्थिव शरिरमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, जिल्ला सदस्य राजिव सुवेदी, ३ नम्बर क्षेत्रीय सभापति ताराप्रसाद चौलागाई, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीलगायतले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*