समाजवाद र समावेशी लोकतन्त्र ल्याई देशलाई समृद्ध बनाउँछौं : बाबुराम भट्टराई

सिन्धुली ।
समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नाे पार्टीले समाजवाद र समावेशी लोकतन्त्र ल्याई देशलाई समृद्ध बनाउने बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका डाक्टर भट्टराईले‘अहिलेको सरकार र नेपाली काङ्ग्रेसको बोली एकातिर र व्यवहार अर्को हुँदा देश समृद्ध हुन सक्दैन’, उनले भने, ‘तपाईहरुले विश्वास गर्नुस्, समाजवादी पार्टीले नै देशलाई समृद्ध बनाउने कुरा दाेहाेर्याएका छन् ।
सोमबार सिन्धुलीकाे सिन्धुलीमाढीमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच जिल्ला समायोजन घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीले लिएको लक्ष्यका आधारमा चालीस वर्षभित्र नेपाललाई सिङ्गापुरको जस्तै हैसियतमा पुर्याइने दाबी गरे ।
संविधान बनेर केही उपलब्धि त हात परेका छन् तर यो अपूर्ण र अपूरो रहेकाे बताउँदै भट्टराईले यसलाई संशोधन नगरेसम्म देशलाई समृद्ध नसकिने प्रष्ट पारे ।
कार्यक्रममा उक्त पार्टीका बरिष्ठ नेता अशाेक राई, महासचिव गंगा नारायण श्रेष्ठ, ३ नम्बर प्रदेशका अध्यक्ष साेनाम सि स्याङतान, केन्द्रिय सदस्य दिर्घराज श्रेष्ठ लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
समायाेजन पश्चात माेदनाथ तिमल्सिनाकाे अध्यक्षतामा नयाँ जिल्ला समिति गठन गरिएकाे छ ।