शिल्पी समुदायकाे पहिचान र सँस्कृतिबारे बहस

निरन्तर न्यूज
९ आश्विन २०७६, बिहीबार २१:३२

काठमाण्डाैँ । शिल्पी समुदायकाे पहिचान तथा साँस्कृतिक विषयलाई लिएर बहस तथा अन्तरक्रिया हुने भएकाे छ । सरकारमा सहभागि रहेकाे समाजवादी पार्टीकाे शिल्पी विशेष प्रदेश समितिकाे आयाेजनामा शिल्पी समुदायकाे मुद्दालाई समेटेर असाेज १० गते शुक्रबार व्यापक बहस सहितकाे गाेष्ठी गर्न लागिएकाे हाे ।

राज्यले शिल्पी समुदायकाे पहिचान र संस्कृतिलाई मध्यनजर गरेर के कस्ता रणनीतिहरु तय गरेकाे छ र समाजवादी पार्टीले पनि यसबारे के कस्ता रणनीतिहरु तयार पारिरहेकाे छ भन्ने बारे बहश गर्न पनि याे कार्यक्रमकाे आयाेजना गरिएकाे शिल्पी विशेष प्रदेश समितिका अध्यक्ष दल मर्दन कामीले जानकारी दिए ।

अध्यक्ष कामीले नेपाल बार एशाेसिएसनकाे सभाहल रामशाहपथ काठमाण्डाैँमा हुने विचार गाेष्ठीमा समाजवादी पार्टीका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठ सहित हिसिला यमी,परशुराम खापुङ, नवराज सुवेदी, रकम चेम्जाेङ, ग‌ंगा नारायण श्रेष्ठ, डम्बर खतिवडा, रणध्वज कन्दङ्वा, दान बहादुर विश्वकर्मा लगायतका नेताहरुकाे सहभागिता रहने बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु