निर्वाचन आयोगले प्रदान गरेकाे चुनाव चिन्हबारे बाबुरामको असन्तुष्टि

रूखलाई किन यति हाँगा र पातसहितको र सूर्यलाई यति किरणसहितको किन नभनेको होला ?
निरन्तर न्यूज
१० आश्विन २०७६, शुक्रबार ०८:२६

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुरामले भट्टराईले चुनाव चिन्हबारे निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

विहीबार निर्वाचन आयोगले एकीकरण पछि बनेका नयाँ दलहरुलाई चुनाव चिन्ह प्रदान गरेको थियो । संघीय समाजवादी फोरम र नयाँ शक्ति एकीकरणपछि बनेको समाजवादी पार्टीलाई आयोगले ‘पाँच औंलासहितको हत्केला’ चुनाव चिन्ह प्रदान गरेको छ ।

‘निर्वाचन आयोगका पदाधिकारीहरूको बक्रदृष्टि गजबको छ,’ उनले असन्तुष्टि जाहेर गर्दै लेखेका छन्, ‘समाजवादी पार्टीको चुनाव चिन्ह पाँच औंलासहितको हत्केला रे । यसलाई ‘हात’ मात्र भन्न किन नहुने ?’

चुनाव चिन्ह आँखा माग्दा यसअघि आयोगले गरेको व्यवहारको स्मरण गर्दै उनले भनेका छन्, ‘पहिले नयाँ शक्ति पार्टीले आँखा माग्दा देब्रे आँखा बक्सिएको थियो ।’

उनले प्रमुख दलहरुलाई दिइएको चुनाव चिन्हबारे पनि यसैलाई नजिर बनाएर नयाँ ढंगले परिभाषित गर्न मा गरेका छन् । रूखलाई किन यति हाँगा र पातसहितको र सूर्यलाई यति किरणसहितको नभनेको होला ?,’ भट्टराईको प्रश्न छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*