समाजवादी पार्टीको नवलपुरकाे अध्यक्षमा डिबि गुरुङ चयन

निरन्तर न्यूज
१० आश्विन २०७६, शुक्रबार ०८:४३

नवलपुर । समाजवादी पार्टीको नवलपुर जिल्ला समायोजन घोषणा सभा सम्पन्न भएकाे छ ।

विहीबार समाजवादी पार्टीको नवलपुर जिल्ला समायोजन पछि नवलपुर जिल्लाको समायोजनपछि डिबी गुरुङको अध्यक्षतामा ८१ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ ।

कार्यक्रममा उक्त पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र बरिष्ठ नेता अशाेक राईकाे आतिथ्यता रहेकाे थियाे ।

घाेषणाा सभामा नेकपा नेपाली काँग्रेस जनमुक्ति पार्टी लगायतबाट करिब २ सय जना समाजवादी पार्टीमा प्रवेश गरेकाे केन्द्रीय सदस्य रमेश पाेखरेलले जानकारी दिए ।

नवप्रवेशीलाई भट्टराई र राईले खादा लगाएर स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*