प्रादेशिक तहमा ‘टुरिज्म पार्क’ निर्माण गर्ने सरकारकाे तयारी

निरन्तर न्यूज
१२ आश्विन २०७६, आईतवार २१:०४

काठमाडाैं। सरकार प्रादेशिक तहमा ‘टुरिज्म पार्क’ निर्माण गर्ने तयारीमा जुटेकाे छ ।

‘नेपाल भ्रमण वर्ष–२०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले सबै प्रदेशमा ‘टुरिज्म पार्क’ निर्माण गर्ने तयारी गरिएको बताएका हुन् ।

आईतबार काठमाडाैंमा संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले त्यसका लागि सबै प्रदेशलाई पार्क बनाउने जग्गाको व्यवस्था गरिदिन आग्रह गरिएको पनि बताए । ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि सरकारले पूर्वाधार विकासमा जोड दिईरहेको पनि राष्ट्रिय कार्यक्रम संयोजक बैद्यको भनाई छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका बैद्यले पूर्वाधारको विकास गरेर नै नेपालमा बाह्य पर्यटकहरुको आगमनलाई बढाउन सकिने पनि बताए । उनले त्यसका लागि टुरिज्य पार्क निर्माण गर्न बाह्य लगानीको खोजी भईरहेको पनि बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*