महरामाथिको आरोपबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक
काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपबारे छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ। केही समयअघि सुरु भएको बैठक अहिलेसम्म जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन्।
महरामाथि उनकै सचिवालयकी एक कर्मचारीले सोमबार बलात्कारको प्रयास गरेको आरोप लगाएकी थिइन्।तर सभामुख महराले भने आरोप अस्वीकार गरेका छन्। कर्मचारी समायोजनका क्रममा अन्यत्र सरुवा भएकी महिलाले भनेअनुसार आफूले नगरिदिएपछि निराधार आरोप लगाएको महराको दाबी छ। अन्नपूर्णपाेष्टबाट











