सभामुख महराकाे राजिनामा प्रष्ट राजीनामा आउनुपर्ने : काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख कृष्ण बहादुर महराको राजीनामा प्रष्ट राजीनामा आउनुपर्ने बताएको छ ।
सभामुख महराको राजीनामा ‘कार्यबाहक दिए जस्तो’ भएको कांग्रेसले टिप्पणी गरेको छ ।
पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभामुखको राजीनामा अपुरो भएको बताए ।
उपसभामुखलाई बुझाएको राजीनामा पत्रमा छानबिन प्रक्रिया नसकिएसम्म उल्लेख भएको भन्दै प्रवक्ता शर्माले भने, ‘राजीनामा दिनु भएको हो कि कार्यवाहक ?’
उनले छानबिनका लागि एक वर्षसम्म लाग्यो भने संसद कार्यबाहकले चलाउने ? भनेर प्रश्न समेत गरेका छन् । नागरिकखबरबाट