मूख्यमन्त्री-प्रधानमन्त्री भिडियो कल गरि हेटौँडामा फोरजी उद्घाटन

निरन्तर न्यूज
१५ आश्विन २०७६, बुधबार १८:५६

हेटौँडा । मूख्यमन्त्री डोरमणी पौडेलले प्रधानमन्त्री केपि शर्मा ओलीसंग भिडियो कन्फरेन्स कल गरेर हेटौडामा फोरजी सेवा शुभारम्भ गरेका छन् । नेपाल टेलिकम हेटौँडा शाखामा आयोजित फोरजी सेवा शुभारम्भ कार्यक्रममा मूख्यमन्त्री पौडेलले प्रधानमन्त्री ओलीसंग भिडियो कन्फरेन्स कल गरी गरी सेवा शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले प्रविधिले मानिसलाई ‘एडभान्स’ बनाएको बताए । उनले टेलिकमका कारण संचारको क्षेत्रमा धेरै फड्को मार्न सकिएको भन्दै यसले नागरिकलाई सुचित हुने अवसर समेत प्रदान गरेको बताए । नयाँ प्रविधिले यसमा थप मद्धत गर्ने बताउँदै उनले सेवाको गुणस्तरमा ध्यान दिई प्रभावकारी बनाउन मूख्यमन्त्री पौडेलको सुझाव थियो ।

नेपाल टेलिकमका क्षेत्रीय निर्देशक अमर नाथ झाको सभाध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका प्रमुख सचिव तोयम राय, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, प्रदेश नम्बर ३ का प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शेरबहादुर बस्नेत, पुरानो गोरख गण सुपारेटारका गणपति अनिष बुढाथोकी, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, सशस्त्र प्रहरी १४ नम्बर गणका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विकास घिमिरे, विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नेपाल टेलिकमले ठूला र साना गरी २६ शहरमा बुधबारबाट एकै साथ फोरजी सेवा शुभारम्भ गरेको छ । प्रष्टखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*