काममा फर्किए ओली, सचिवालय बैठकमा पनि झण्डै डेढ घण्टा अध्यक्षता
काठमाडौं।स्वास्थ्यमा समस्या देखिएपछि बुधवार र बिहीवार मिर्गौलाको डायलासिस गरेका प्रधामनन्त्री केपी शर्मा ओली काममा फर्किएका छन् ।
आइतवार मन्त्रिपरिषद् बैठक र नेकपा सचिवालय बैठकको अध्यक्षता गरेका ओलीले सोमवार पनि सचिवालयको बैठकको अध्यक्षता गरेका हुन् ।
बालुवाटार स्रोतका अनुसार ओलीले डेढ घण्टा बसेको सचिवालय बैठकको अध्यक्षता गरेका थिए ।
आइतवार दिउँसो एक घण्टा लामो मन्त्रिपरिषद् बैठक सकेर साँझ सचिवालय बैठकमा पनि झण्डै डेढ घण्टा बसेका थिए ।
बालुवाटारका बैठकमा सहभागी भएपनि बिहीवार यता उनी सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् ।
धापासीस्थित ग्राण्डी अस्पतालमा बुधवार र बिहीवार ओलीको डायलासिस गरिएको थियो ।
प्रधानमनन्त्री ओलीले हप्तामा २ पटक डायलासिस गर्नुपर्ने सुझाव चिकित्सकहरूले दिएका छन् ।
चिकित्सकहरूले उनलाई धपेडी भन्दापनि आराम गर्न सुझाव दिएका छन् । श्रोत लोकान्तर











