पूर्वराजा ज्ञानेन्द्र शाहसँग राष्ट्रपति सी भेट्न चाहन्थे

निरन्तर न्यूज
२० कार्तिक २०७६, बुधबार १२:४०

काठमाडौँ । गत महिना राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी जीनपिङले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट्ने इच्छा व्यक्त गरेको, तर नेपाल सरकारले त्यसलाई सकारात्मक रुपमा नलिएपछि उनको चाहनाले औपचारिक रुप लिन नसकेको बुझिएको छ ।

भारतको तामिलनाडुमा अनौपचारिक शिखर भेटघाट अर्थात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई दिन बिताई नेपालको राजकीय भ्रमणमा आएका राष्ट्रपति सी को यो चाहनालाई नेपालको स्थायीत्वका लागि परम्परागत शक्तिको भूमिकाको औचित्य र आवश्यकताबारे चीन स्पष्ट रहेको संकेतका रुपमा पनि यसलाई लिइएको छ ।

यो चाहनालाई उनले मोदीसमक्ष खुलेर राखे या राखेनन्, तर नेपालमा स्थायीत्व, शान्ति र वृहत राष्ट्रय एकताको औचित्यबारे दुवै एसियाली नेतामा समान धारणा रहेको अड्कलबाजी अनौपचारिक रुपमा नेपाल भित्रै पनि हुन थालेको छ ।

राष्ट्रपति सी को चाहनाप्रति प्रधानमन्त्री केपी ओली सकारात्मक नदेखिएपछि सी का विशेष दूतले पूर्वराजासँग भेट गरेको सरकारका एक उच्च पदाधिकारीले पुष्टि गरे । ‘यो भेटघाट भएको विश्वसनीय आधार हामीसँग छ’, उनले भने । तर निर्मल निवास सचिवालयले यसबारे केही बोल्न चाहेन ।

नेपालको शान्ति, सुरक्षा र प्रशासनिक दक्षता वृद्धिका लागि सरकारी निकायका लागि तालिम लगायतको व्यवस्था मिलाउने आश्वासन दिएका चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्रीसँगको वार्तामा नेपाली भूमि कुनै रुपमा चीनविरुद्ध प्रयोग भएमा त्यस्ता शक्तिहरुको ‘हाड र रगत अलग’ गर्ने चेतावनी दिएर खासगरी पश्चिमी शक्तिहरुको बढ्दो भूमिका र त्यसले चीनको सुरक्षामा संभावित असरप्रति गहिरो चासो व्यक्त गरेका थिए ।

सरकारको अलोकप्रिता र पूर्वराजाको जनताबिच देखिने गरी बढेको लोकप्रिताको यो चरणमा सी को शाहसँगको भेटको पक्षमा ओली नरहेको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको एक स्रोतले बतायो ।श्रोत देश सञ्चार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*