काँग्रेसले निर्णय लिन नसक्दा चुनावी प्रचारमा समस्या
काठमाडौँ। यतिबेला कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचनको माहौल तातिरहेको छ । दलहरु आफ्नो उम्मेदवार घोषणा गर्न व्यस्त देखिएका छन् । तर, नेपाली काँग्रेस पनि अझै पनि उम्मेदवार घोषणा गर्न सकिरहेको छैन । मंसिर १४ गते कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि नेपाली काँग्रेसले निर्णय लिन नसक्दा चुनावी प्रचारमा समस्या देखिएको छ ।
नेपाली काँग्रेसले कास्कीबाट १६ जनाको नाम नै केन्दिय कार्यालय पठाएको थियो ।
काँग्रेससामु देवराज चालिसे, धनराज गुरुङ, खेमराज पौडेलको नाम अगाडि आएका छन् । तर, कसलाई टिकट दिने अझै टुंगो लागेको छैन ।
तीन जनामा जसमा सहमत हुन्छ त्यसैले टिकट पाउछ । सहमत नभए नयाँ उमेद्वारले टिकट पाउने स्रोतको भनाई छ । अन्य दलले भने उम्देवारको घोषणा गरी सेकेका छन् ।











