‘गो व्याक इन्डिया’को नारासहित मकवानपुरका विद्यार्थी सडकमा

निरन्तर न्यूज
२१ कार्तिक २०७६, बिहीबार १२:२४

हेटौँडा । मकवानपुरमा विद्यार्थी संगठनले भारतले गरेको सीमा अतिक्रमणको विरोध गर्दै हेटौँडामा प्रदर्शन गरेको छ। भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले हेटौँडामा प्रदर्शन गरेको हो।
मकवानपुर बहुमुखी क्याम्पस साथै हेटौंडा क्याम्पसका विद्यार्थीहरुले हेटौँडा बजारका विभिन्न भागको परिक्रममा गरेका थिए । र्‍यालीमा सहभागी विद्यार्थीले ‘गो व्याक इन्डिया’, कालापानी हाम्रै हो’, ‘हाम्रो भूमि फिर्ता गर’ लगायतका नारा लगाएका थिए।
भारतले पटकपटक नेपालमाथि दादागिरी देखाउँदै आए पनि पछिल्लो पटक नेपाली भूमि नै आफ्नो नक्सामा राखेपछि त्यसको विरोधमा आन्दोलनमा उत्रिनु परेको अनेरास्ववियुका विद्यार्थीहरुले बताए।
भारतले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा कालापानी, लिपुलेकलगायतका भूमि समावेश गरिएको छ। त्यसको विरोधमा देशभरका विभिन्न संगठमा आवद्ध विद्यार्थी संगठनहरुले विरोध प्रर्दशन गरेको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु