विद्याको झोला सामाजिक सञ्जालमा भाइरल
काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की- २ बाट प्रतिनिधिसभाको उम्मेदवारको रुपमा स्व. रविन्द्र अधिकारी पत्नी विद्या भट्टराईले आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी छिन् ।
उम्मेदवारी मनोनयन दर्ता गर्न जानेक्रममा खिचिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्बिरमा माला लगाएकी विद्या नमस्कार गरेर भोट माग्दैछिन् । उनी पछि पछि हिंडिरहेका एक युवा विद्याको झोला बोकेर हिंडिरहेका छन् ।
यही तस्बिरलाई लक्षित गरेर विद्याको आलोचना भइरहेको छ । कतिपयले ‘आफ्नो झोला बोक्न नसक्नेले कसरी देशको नेतृत्व गर्न सक्छिन् ?’ भनेर प्रश्न समेत गरेका छन् ।
यहाँ हामीले केही प्रतिनिधि ट्वीटहरु प्रस्तुत गरेका छौं-
https://twitter.com/1985Gorkhali/status/1192380179420717057
https://twitter.com/545692kc/status/1192354880918298625
सबै बिध्याहरु उस्तै उस्तै कोही जुत्ता बोकाउने कोही झोला pic.twitter.com/a8E6bOn5HE
— Milan Aryal (@Milanaryall) November 7, 2019











