आलमको थुनछेक बहस अझै बिहीबारसम्म हुँने
गौर । मोहम्मद अफताव आलमको थुनछेक बहस अझै बिहीबारसम्म पनि जारी रहने भएको छ ।
बुधबार अदालती समयसम्म बहस नसकिएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए । जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले गत सोमबार आलमविरुद्ध अभियोग पत्र दायर गरेको थियो ।
बुधबार पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ, अधिवक्ताहरु सञ्जिकुमार मल्लिक, लालबाबु राय र अजय पटेलले आलमको पक्षबाट बहस गरे ।
बहस शुरु भएको सातौं दिनसम्म आलमको पक्षबाट ११ जना कानून व्यवसायीहरुले बहस गरिसकेका छन् ।
आलममाथि २८ चैत २०६४ को पहिलो संविधानसभा चुनावमा बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका व्यक्तिलाई इटाभट्टामा जिउँदै जलाएर मारेको आरोप लागेको छ ।











