आज नेकपाको सचिवालय बैठक बस्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।
नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने भएको हो । शनिबार ग्रान्डी अस्पतालमा तेस्रो पटक डायलासिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सचिवालय बैठक बोलाएका हुन्।
आज बस्ने सचिवालय बैठकमा पार्टी एकतासँग जोडिएका बाँकी विषयबारे छलफल गरी निष्कर्षमा पुग्ने बताइएको छ । तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भएर बनेको नेकपाभित्र विभिन्न कमिटी, विभाग र संगठन गठनसम्बन्धी कामले पूर्णता पाउन बाँकी नै छ ।
नेकपाले प्रवास कमिटी अझै गठन गर्न सकेको छैन । त्यस्तै केन्द्रीय विभाग, जनसंगठन र आयोगहरूले पूर्णता पाएका छैनन्।











