मन्त्रीहरुले कर्मचारीहरुसँग घुस खाएर सरुवा बढुवा गरे : नेपाल

निरन्तर न्यूज
२ मंसिर २०७६, सोमबार १६:३५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेको आरोप लगाएका छन् ।

नेता, मन्त्रीहरु आफैंले घुस खाएर कर्मचारीहरुको नियुक्ति, सरुवा र बढुवा गर्ने गरेकाले मुलुकको सबै क्षेत्र बिग्रेको वरिष्ठ नेता नेपालले दावी छ ।

‘कर्मचारीको नियुक्तिमा घुस, सरुवामा घुस, बढुवामा घुस लिने काममा नेता, मन्त्रीहरु आफैं संलग्न छन,’ नेपालको भने, न्‘यसैकारण मुलुकको सबै क्षेत्र बिग्रेको छ ।’

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता नेपालले स्थानीय तहमा करोडौंको बजेटमा लुट मच्याउने काम भइरहेको उल्लेख गर्दै कडा कार्वाही गर्न पनि सरकारसँग माग गरे । स्थानीय तहमा कर्मचारीसँग मिलेर लुट मच्चाइरहेकाले सरकारले उनीहरुमाथि कडा कार्वाही गर्नुपर्ने वरिष्ठ नेता नेपालको भनाइ छ ।

मुलुकमा लुट मच्चाउनेहरुको सात पुस्ते सम्पत्ति जफत नगरेसम्म मुलुकमा सुशासन हुन नसक्नेतर्फ नेता नेपालले सरकारको ध्यानाकर्षण गराए । उनले स्थानीय तहले कृषि, पशुपालन र कृषकलाई अनुदान सहायता दिएर उत्पादन वृद्धिको काममा अधिक बजेट विनियोजन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*