राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई प्रतिवेदन पेश

निरन्तर न्यूज
२ मंसिर २०७६, सोमबार १६:५१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पेश गरे।

राष्ट्रपति भवन, शीतलनिवासमा सोमबार आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भण्डारीसमक्ष कार्यवाहक अध्यक्ष ओझाले प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

यसैगरी राष्ट्रपति भण्डारीसमक्ष मधेशी आयोगका अध्यक्ष डा।विजयकुमार दत्तले आयोगको आर्थिक वर्ष २०७५-७६ को वार्षिक प्रतिवेदन पेश गरे। राष्ट्रपति भवन, शीतलनिवासमा सोमबार आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भण्डारीसमक्ष अध्यक्ष दत्तले प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*