नेपाली कांग्रेसका नेताहरूबीच सडकमै कुटाकुट
वीरगञ्ज । नेपाली कांग्रेसका नेताहरूबीच सडकमै कुटाकुट भएको छ । प्रदेशसभा सदस्य समेत रहेका कांग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच सडकमै कुटाकुट भएको हो । बुधवार बिहान वीरगञ्जको आदर्शनगरस्थित बब्लु टी स्टलको अगाडि सडकको वारिपारि रहेका शर्मा र कलवार एक अर्कालाई गालिगलौज गर्दै आएका थिए । चिया पसलअगाडि भएको भनाभनपछि दुवै कुटपिटमा उत्रिएका हुन् ।
दुई नेता कुटाकुटमा उत्रिएपछि चिया पिउन भेला भएकाहरुले छुट्याउने प्रयास गरेका थिए । कुटपिटबाट घाइते नेतालाई स्थानीयले उद्धार गरेर पठाएका छन् ।











