सुनको सिक्का जित्ने पालो तपाईको, आगामी पौष १० गते सम्म छ सुवर्ण अवसर ?

निरन्तर न्यूज
४ मंसिर २०७६, बुधबार १७:३५

उपमहानगरपालिका कान्तिराजपथमा रहेको चन्दन मिनिमार्केटको दशै तिहार र छठ विशेष उपहार पौष १० गते खोल्ने भएको छ । कार्तिक २३ गते खोल्ने भनिएको चिठ्ठा विशेष कारण बस कार्यक्रम गर्न असमर्थ रहेकोले आगामी पौष १० गते हुने भएको प्रोपाइटर मोहन प्रजापतिले बताएका छन् । मिनिमार्केटमा सामान खरिद गर्न आउने ग्राहकका लागि चाडपर्वको विशेष अवसरमा ५०० भन्दा माथिको सामान खरिद गर्ने ग्राहकलाई चिठ्ठाको व्यवस्था गरिएको थियो । जसमा प्रथम हुनेलाई १० ग्राम सुनको सिक्का, द्धितिय हुनेलाई ५ ग्राम सुनको सिक्का, तृतिय हुनेलाई लक्कि ज्वेलर्सबाट चाँदीको फेम र चौथो हुने १७ जनाको लागिका लागि चाँदीको सिक्का पुरस्कारको व्यवस्था गरिएको छ । यो अवसर पौष १० गतेसम्म रहेको प्रोपाइटर मोहन प्रजापतिले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*