भाइलाई मात्रै माया गरेको भन्दै स्कूले बालकद्वारा आत्महत्या

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका-४ मा एक स्कूले बालकले आत्महत्या गरेका छन् । स्थानीय कालिका माध्यमिक विद्यालयमा अध्ययनरत सुनिल परियारले घरनजिकै चिलाउनेको रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । विद्यालयबाट घर फर्कनेक्रममा परियारले भाइलाई कागजको टुक्रामा सन्देश लेखेर घर पठाउँदै विद्यालय ड्रेसलाई पासो बनाएर आत्महत्या गरेको अवस्थामा भेटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । भाइलाई फकाएर घर पठाएपछि बेपत्ता भएका सुनिललाई खोजीको क्रममा आत्महत्या गरेको भेटिएको प्रहरीले जनाएको छ । सुनिलले छाडेको कागजी सन्देश ‘सुसाइड नोट’ भएको जनाइएको छ । आत्महत्या सन्देशमा उनले लेखेका छन्, ‘भाइ, तिमीलाई बुबा-आमाले माया गर्नुहुन्छ, मलाई...