प्रहरीले ६ सय ७५ किलो गाँजा जलायाे

हेटौँडा । २०७६ बैशाख देखि जेठ पहिलो हप्ता सम्म मकवानपुर प्रहरीले ६ सय ७५ किलो गाँजा सहित विभिन्न स्थानबाट बरामद गरेको ठुलो परिमाणको लागु औषध, चरेश, अफिम लगायतका अन्य केही लागु औषध मकवानपुर प्रहरीले जलाएर नष्ट गरेको छ ।
मकवानपुर प्रहरीले बिहीबार भिमफेदी गाउँपालिका वडा नम्बर १ को सानुटार र हेटौँडा १ को संगम स्थल बोकेदह स्थित केशरी खोलामा उक्त लागु औषध जनप्रतिनिधि, पत्रकारको राेहबरमा नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटी गएको प्रहरी टोलिले जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको लागुऔषधहरु अनुसन्धान तथा कारबाहीको प्रक्रिय पुरा जलाएर नष्ट गरेको हो ।
प्रहरीले बिहिबार अदालतबाट अनुमति प्राप्त गरी ६ सय ७५ किलो ७ सय २१ ग्राम लागूऔषध गाँजा ,नाइट्रोभेट १ सय २२, सिमप्लेक्स,५४ ट्वाब्लेट्स र ओलेरेक्स २ बोलत समेत जलाएर नष्ट गरेको हो ।
हेटौँडा उपमहानगरपालिका १ का वडाध्यक्ष सविन न्यौपाने भिमफेदी भिमफेदी गाउँपालिका वडा नम्बर १का वडाध्यक्ष श्याम कृष्ण बल, पत्रकार, मकवानपुर प्रहरी प्रमुख, प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, सशस्त्र प्रहरी बलका प्रमुख एसपि श्याम काेइराला, प्रहरी निरीक्षक पवन कुमार झा लगायत सरोकारवालाहरुको उपस्थितिमा ठुलो परिमाणको लागु औषध जलाएर नष्ट गरेको हो ।
मकवानपुर प्रहरीले पछिल्लो समय मकवानपुरमा भएर हुने लागू औषध ओसार पसार तथा र यस जिल्लामा हुने कारोवार लगायतको कार्यमा सकृयता देखाएको छ ।