चौलागाईको स्कुटर फेला पर्यो

निरन्तर न्यूज
१७ जेष्ठ २०७६, शुक्रबार २०:३७

हेटौँडा । केही समय देखि हराएको ना ६३ प ७९३१ नम्बरको स्कुटर जिल्ला प्रहरी कार्यालय मकवानपुरको गस्तीले बिहान २ बजे फेला पारेको छ ।

स्कुटरमा बा ६४ प १२३५ को  नक्कली नम्बर प्लेट (परिवर्तित) राखेर हेटौँडा १ मा कुदाइरहेको प्रहरी गस्तीलाई देखेर भागेपछि नियन्त्रणामा लिएको हाे  । सवारी धनी हेटौँडा ६ चौघडाका राजकुमार चौलागाईलाई कागजपत्रको आधारमा स्कुटर बुझाइएको प्रहरीले दिएको सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु