बलत्कारी बाबुलाई १९ वर्ष जेल सजाय
हेटाैँडा । हेटौंडाका एकजना बाबुलाई मकवानपुर जिल्ला अदालतले छोरी बलात्कार गरेकाेमा जेल सजायको फैसला गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं १२ का सानु स्याङतान (नाम परिवर्तन) आफ्नै नाबालिक छोरीलाई बलात्कार गरेको ठहर गर्दै अदालतले १९ वर्ष कैद फैसला गरेको हो । ३७ वर्षिय बाबुले पटकपटक बलात्कार गर्नुको साथै यौन दुव्र्यवहार गर्दै आएकाे पीडितको बयान छ । पछिल्लो पटक निजले २१ पुस २०७५ मा बलात्कार गरेका थिए । जिल्ला न्यायाधीश खडानन्द तिवारीको इजलाशले बाबुलाई १९ बर्ष कैद गर्ने फैसला गरेको हो । उनलाई ७५ हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश पनि गरेको छ । अदालतले नाबालिकलाई...