मकवानपुरमा चट्याङ लागेर एकजनाकाे मृत्यु
हेटौँडा । चट्याङ लागेर मकवानपुरको कैलाश गाउँपालिकामा एक जनाको मृत्यु भएकाे छ । साथै बागमती गाउँपालिकामा समेत एक जना घाइते भएका छन् । कैलाश गाउँपालिका ९ थामलेकका १४ वर्षीय कान्छा गोलेको चट्याङ लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए । प्रवक्ता अर्यालका अनुसार आफ्नै घर बाहिरको पेटीमा रहेको खाटमा बसीरहेको अवस्थामा बुधबार चट्याङ लाग्न गई गाेलेको घटनास्थलमा नै मृत्यु भएको बताए । उक्त घटनास्थल अस्थायी प्रहरी पोष्ट नामटार मकवानपुरबाट करिब २५÷२६ कि.मि. दक्षिण रहेको प्रहरीको भनाई छ । यस्तै मकवानपुर बागमती गाउँपालिका २ स्थित देउरालीगाँउमा बिहीबार साँझ...