बागमतीमा डिजिटाइजेसन सम्पन्न भएपछि ब्लुबुक बोक्न नपर्ने

बागमती प्रदेशमा दर्ता भएको सवारी साधनको अब ब्लुबुक बोक्न नपर्ने भएको छ । सवारीको विद्युतीय अभिलेखीकरण (डिजिटाइजेसन) राख्ने काम सम्पन्न भएपछि ब्लुबुक बोक्न नपर्ने बताइएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीमा दर्ता भएकामध्ये ५८ हजार सवारी साधनको विद्युतीय अभिलेखीकरण भएको छ । यातायात व्यवस्था कार्यालयले हालसम्म झन्डै ८ हजार चारपाङ्ग्रे सवारी विद्युतीय अभिलेखीकरण गरेको छ । ३० जना ज्यालादारी कर्मचारी राखेर दैनिक काम गरिरहेको कार्यालय प्रमुख पवित्र कुँवरले जानकारी दिए । यो महिनादेखि छुट्टै कर्मचारी राखेर कामलाई गति दिएको जानकारी दिँदै उनले एक वर्षमा सबै सक्ने योजनासहित काम भैरहेको बताए । एकान्तकुना कार्यालयमा तीन लाख सवारीका...