छात्राहरुलाई नियमित विद्यालय जान प्रोत्साहन स्वरुप साइकल
काठमाडौँ । विद्यालयमा अध्ययनरत बालिकालाई नियमित विद्यालय जानका लागि प्रोत्साहन गर्न बर्दिया जिल्लाको राजापुर नगरपालिकामा आर्थिक अवस्था कमजोर भएका छात्रालाई साइकल वितरण गरिएको छ । आर्थिक अवस्था कमजोर भएका कारण बालिका विद्यालय जानबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको हो । राजापुर नगरपालिका ९ गोडियानाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत रहेका पाँच जना छात्रा र वडा नं. ८ मा रहेको भेरी माध्यमिक विद्यालयमा अध्ययनरत ९ जना छात्र गरी १४ जना छात्राका लागी साइकल वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत रहेका छात्राको आर्थिक अवस्था न्यून भएका कारण उनीहरूको अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले साइकल वितरण गरिएको...