अनाथ बच्चालाई स्तनपान गराउने स्वयंसेवी आमा खोज्दै बालमन्दिर
गत वर्ष माघ महिनामा नक्सालस्थित बालमन्दिरमा उद्धार गरी ल्याइएका एक नवजात शिशुलाई जोगाउन ‘कुनै आमाको स्तनपान नै गराउनुपर्ने’ सुझाव चिकित्सकले दिए। ललितपुर इमाडोलको एउटा उजाड ठाउँमा फालिएको अवस्थामा ती बालकलाई एक स्थानीय महिलाले भेटेकी थिइन्। निकै कम तौल भएका र कुपोषित ती शिशुलाई नाइटो सुन्निने ‘अम्बिलिकल हर्निया’ भनिने रोग थियो। ढाड सोझो पारेर बल्लबल्ल बोतलबाट खुवाए पनि प्रमिस नाम दिइएका ती शिशुको पेटसम्म दूध पुग्नै सक्दैनथ्यो, नाकबाट निस्किहाल्थ्यो। उनको उपचारमा खटिएका डाक्टरले बालमन्दिरका निर्देशक बालकृष्ण डङ्गोललाई बचाउन सकिने एउटै उपाय सुझाएका थिए( स्तनपान। त्यतिबेला डङ्गोलकी श्रीमती अनिता कुम्पाखा आफैँ झन्डै चार महिनाकी सुत्केरी थिइन्। डङ्गोलले प्रमिसलाई...