बाढी, पहिरो र डुबानले करोडौंको क्षति

काठमाडौं । निरन्तर वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ। डुबानमा परी र बाढीले घर बगाएर सयौं परिवार विस्थापित भएका छन्। आइतबारसम्म रौतहटमा पाँच, पर्सा, बारा, धनुषा र महोत्तरीमा दुई÷दुई, सिरहामा एकजना गरी प्रदेश २ मा १४ जनाको मृत्यु भएको छ। रौतहट, सिरहा, धनुषा, महोत्तरी र पर्सामा एक÷एकजना गरी पाँचजना बेपत्ता भएका छन्। बाढीले जनजीवन निकै कष्टकर बनाएको छ। बाढी र डुबानमा परी पर्सामा आइतबारसम्म दुईजनाको मृत्यु भएको छ भने नौ सय ९१ घर डुबानमा परेका छन्। मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१३ तेजारथ टोलका रामनारायण पटेलका १४ वर्षीय छोरा...