शितयुद्धकालीन धङधङी त्यागौं, भिक्षा माग्न पनि छाडौंः डा. भट्टराई

तपाईंहरु सबैलाई सायद हाम्रो हिन्दू धर्म र संस्कृतिबारे सम्झना छ । त्यहाँ एउटा गणेश भन्ने पात्र छन् । तिनलाई माता पार्वतीले अत्यन्त जोड गरेको हुनाले पिता शिवले वरदान दिए । सबैभन्दा पहिले तिम्रो नाम लिइनेछ– श्री गणेशायः नमः । र, कुनै पनि अनुष्ठान गर्दा तिम्रो मुर्ति राखिनेछ र त्यसैले उनको मूर्ति स्थापना गर्ने गरिन्छ । त्यस्तै यो कार्यक्रमको म एउटा गणेश मात्रै हुँ । त्यसैले मैले धेरै बोल्नु उपयुक्त हुँदैन । जुन सम्मान दिनुभएको छ, म आयोजक साथीहरुलाई धन्यवाद दिन चाहन्छु । मलाई सम्झना छ, तेस्रो पूर्वाधार शिखर सम्मेलन यहाँहरुले आयोजना गर्दै हुनुहुन्छ । मैले सम्भवतः...