जनकपुरमा विमलेशको हत्या आरोपमा जुली झा पक्राउ
जनकपुर । जनकपुरधामस्थित एक होटेलमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार महोत्तरी गाउँपालिका–१, पर्सा टोल निवासी ३२ वर्षीय विमलेश यादवको हत्या अभियोगमा २१ वर्षीया जुली झालाई पक्राउ गरिएको हो । झा महोत्तरीको बनौटा घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएकी थिइन् । साउन ३ गते राति १०ः०२ बजे विमलेश यादव जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित होटेल एसपी एण्ड गेस्ट हाउस को कोठा नं. १०२ मा प्रवेश गरेका थिए । सीसीटीभी फुटेज र मोबाइल रेकर्डको आधारमा उनी बा ४५ प ४९८६ नम्बरको मोटरसाइकलमा सवार भई अभियुक्तसँगै होटलमा...



















