दुई सचिवको सरुवा
काठमाडौँ । सरकारले दुई जना सचिवको सरुवा गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव साटासाट गरेको छ। एक मन्त्रीले प्रशासन सिंहदरबार विशेष ब्युरोलाई दिएको जानकारीअनुसार निर्वाचन आयोगका सचिव भरतमणि सुवेदीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सरुवा गरिएको छ भने वित्त आयोगका सचिव महादेव पन्थलाई निर्वाचन आयोगको सचिवमा पठाइएको छ।