बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् उनकै दलका सांसदहरूले पदबाट हटाउन आज दलको कार्यालयमा अबिस्वासको प्रस्ताव दर्ता गरेका हुन् । कांग्रेस संसदीय दलको विधानअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएपछि लामालाई हटाउने तयारी शुरु भएको हो । यसै क्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकाे हाे। अविश्वासको प्रस्तावमा पदबाट राजीनामा दिएका कांग्रेसका चार मन्त्रीसहित २१ सांसदले हस्ताक्षर गरेका छन्। आर्थिक वर्ष ०८२/८३ को बजेट निर्माणका क्रममा मन्त्री, सांसदलगायतबिच विवाद चुलिएको थियो। यसै कुराको बिबादका कारण अहिलेको मुख्यमन्त्रीले नेतृत्व प्रदान गर्न...