रुपचन्द्र बिष्टको २६ औं स्मृति दिवस मनाइयाे

हेटौंडा । थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्टको २६ औं स्मृति दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । मकवानपुरको हेटौंडामा रुपचन्द्र बिष्ट स्मारक समिति र नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा विद्यार्थीलाई रुपचन्द्र/थाहा/जनमुखी अभियानबारे प्रशिक्षण दिइएको छ । मान्छेमा चेतना जगाउने अभियानका संस्थापक अभियन्ता बिष्टको स्मृतिमा स्मारक समितिले वार्षिक कार्यक्रम गर्दै आएको छ । रुदाने, जसरु, रापसरु, स्वरुपेजस्ता उपनामले परिचित बिष्टले २०२८ सालमा मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए । ॅछोरा पढाउने, छोरी नपढाउने मुर्दावाद–छोराछोरी दुवै पढाउने जिन्दावाद’ भन्ने जस्ता नारासाथ बिष्टले चलाएको आन्दोलनले समाजमा परिवर्तन ल्याउन सहयोग गरेको थियो । राष्ट्रिय पञ्चायतका...