अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन आज, प्रधानमन्त्री ओलीले उदघाटन गर्दै

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन आजबाट सुरू हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा हुनेछ। तीन दिनसम्म चल्ने महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएकाे छ  महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, चार सचिवसहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। ३२ वर्षे उमेरहदका कारण वर्तमान १७ सदस्यीय पदाधिकारीमध्ये अधिकांश बिदा हुनेछन्। सचिव पदमा रहेका प्रकाश पौडेल, दीपक धामी, डा. सुजन कडरिया, अञ्जना शिवाकोटी र आरती भट्टराई लगायत ३२ वर्षमुनिका छन्। अध्यक्षका लागि पाँचै जनाले आकांक्षा राखेका छन्। महाधिवेशनले सर्वसम्मत...