प्रचण्ड-माधव समूहले ६८ जिल्लाको नेतृत्व टुङ्ग्यायाे (सूचीसहित)

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले ६८ वटा जिल्ला कमिटीको नेतृत्वको टुंगो लगाएको छ । तत्कालीन नेकपामा ७७ वटा भूगोलका जिल्ला कमिटीबाहेक महानगर कमिटी र थप विशेष जिल्ला कमिटी गरेर ८३ वटा जिल्ला-सरहका कमिटी रहेका थिए । काठमाडौं अध्यक्षमा बसन्त मानन्धार र सचिवमा हिमाल शर्मा छन् भने ललितपुरमा अध्यक्ष हरिकृष्ण थापा र सचिव राजकाजी महर्जन छन्। गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार रिक्त पदमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार दिएअनुसार जिम्मेवारी दिइएको उक्त समूहले जानकारी दिएको छ। प्रचण्ड–नेपाल समूहले जिल्लामा इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिव रहेको पदाधिकारीको प्रस्ताव गरेको छ ।...