प्रेस संगठन वागमतीको इन्चार्जमा मकवानपुरका एलन र संयाेजकमा खड्का

हेटौंडा । नेकपा (प्रचण्ड–नेपाल) समूह निकट पत्रकारहरुको संस्था प्रेस संगठन नेपाल वाग्मतीको जिम्मेवारीमा हेरफेर भएको छ । प्रेस संगठन केन्द्रीय समितिको बैठकले वाग्मती प्रदेशमा जिम्मेवारी हेरफेरको निर्णय गरेको हो ।
निर्णय अनुसार वाग्मती प्रदेशको इन्चार्जमा मकवानपुरका रामकुमार एलन , सहइन्चार्जäमा दोलखाका लक्ष्मण खड्का र चितवनका शालिग्राम नेपाल रहेका छन् । यस्तै संयोजकमा , संयोजकमा सुनिल खड्का, सहसंयोजकमा दोलखाका नविन खतिवडा र सचिव काभ्रेका ध्रुव रायमाझीलाई जिम्मोवरी दिइएको छ ।
एलन लेखक, टेलिभिजन कार्यक्रम उत्पादक/प्रस्ताेतासँगै हाल रेडियाे शक्तिमा आवद्ध रहेका छन् भने एक दशक भन्दा बढि समयदेखि माेफसलमा कलम चलाएका खड्का निकास साप्ताहिक सहित हाल रेडियाे सन्देशका संन्चालक हुन् ।
यसअघि प्रेस संगठनको इज्चार्ज र संयोजक विश्वमणि सुवेदी र सहसंयोजकमा सुनिल खड्का रहेका थिए । अहिले इन्चार्जको जिम्मेवारी पाएका एलन प्रतिष्ठानतर्फको इन्चार्ज रहेका थिए ।
यसअघि नै नेकपा केपी ओली समूहले आफ्ना पक्षधरलाई छुट्टै जिम्मेवारी दिइसकेको छ ।