संसद विघटन सम्बन्धी मुद्दाको बहस सकियो, १० गतेभित्र नोट बुझाउन आग्रह

काठमाडौं । संसद विघटनविरुद्दको मुद्दाको सम्पूर्ण बहसहरु शुक्रवार(आज) देखि सकिएको छ ।
मंगलवारदेखि एमिकस क्यूरी (अदालतको सहयोगी) ले बहस गरिरहेका थिए ।
आज एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि बहस सकिएको हो ।
बहसका क्रममा पाठकले संविधान कोमामा भए सबै कोमामा हुने टिप्पणी गरेकी छिन् । ‘संविधान बिरामी छ, कोमामा छ भन्ने कुरा पनि आयो श्रीमान् । तर, न यो बिरामी छ न यो कोमामा छ । यो बिरामी छ भने हामी पनि बिरामी छौँ । किनकि यो हाम्रो लागि अक्सिजन हो ।’ उनले भनिन् ।
बहस सकिएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले १० फागुनसम्म बहस नोट उपलब्ध गराउन आदेश गरेका छन् ।
तर निर्णय सुनाउने मिति भने तोकिएको छैन् । ‘फैसला जहिले पनि आउन सक्छ । १० गतेभित्र बहस नोट पेस गर्नुस् ।’ प्रधानन्यायाधीश जबराले भने