प्रचण्ड-माधब पक्षले हेटौंडामा सांसद बन्धक बनाएको ओली पक्षको आरोप

हेटाैँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्धमा अविस्वास प्रस्ताब दर्ता गर्ने सांसदाई हिजोदेखि हेटौंडा रिसोर्टमा बन्धक बनाएको मुख्यमन्त्री निकटका सांसद दिपक निरौलाले आरोप लगाउनुभयो । त्यहाँ राखिएका सांसदहरुलाई कसैलाई भेटन समेत नदिएको र छलफल र बैठकको बहानामा बाहिर निस्कन पनि समुहमा मात्र थोरै समय निस्कन दिएको निरौलाले वताउनुभयो । सांसदलाई बन्धब बनाउँदा उनीहरुको मानबअधिकार हनन् भएको ओलीपक्षका सांसदहरुले वताएका छन् । बागमती प्रदेशका भौतिक रुर्वाधार विकास मन्त्री रामेश्वर फूयालले भने हेटौंडा रिसोर्टमा सांसदहरुलाई के कस्तो अवस्थामा राखिएको छ सञ्चारजगतले सत्यकुरा बाहिर ल्याउनुपर्ने वताउनुभयो । यता प्रचण्ड माधब पक्षका संसदीय दलका उपनेता समेत रहनुभएका प्रदेशसभाका सदस्य...