प्रतिनिधिसभा विघटनकाे विरोधमा मकवानपुर कांग्रेसकाे स्थानीय तहमा प्रदर्शन
हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले शनिबार जिल्लाका सबै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोध गर्दै कांग्रेसले प्रदर्शन गरेको हो । कांग्रेसले प्रतिनिधि सभा विघटनको घटनालाई जनताको विश्वास माथी कुठाराघात भएको ठहर गरेको छ । हेटौंडामा आयोजित विरोध सभामा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले प्रधानमन्त्री ओलीले जनताप्रति विश्वासघात गरेको आरोप लगाईन् । ‘कम्युनिष्ट सरकारले जनताको हितमा कुनै पनि काम गर्नै सकेको छैन,’ उनले भनिन्, ‘अहिले प्रतिनिधिसभाको विघटनको घटना भएको छ । यो जनताको विश्वास माथीको कुठाराघात हो । दुई तिहाई नजिकको बहुमत प्राप्त सरकारले संविधानमा...



















