रामचन्द्र पौडेलले प्रस्तुत गरे कांग्रेस सुधारका १० सुत्र

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै गर्दै वैचारिक र सांगठनिक बहसहरु तीव्र हुन थालेका छन् । यसैबीच नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सुधारका लागि भन्दै दशवटा ‘सुत्र’ प्रस्तुत गरेका छन् । नेता पौडेलले देश र पार्टी सुधारका लागि आफ्ना प्रतिवद्धता सार्वजनिक गर्दै भनेका छन्, ‘मैले नारामात्र नलगाएको हो । भन्ने कुरा धेरै भनेको छु, गर्ने काम पनि धेरै गरेको छु ।’ उनले आइतबार एक ट्वीट सन्देश जारी गर्दै उनले लेखेका छन्, ‘प्रचारको कमी हुन सक्छ ।’ नेपालको वर्तमान संविधान लागू गर्ने, कांग्रेसको विधान पालना गर्नेरगराउने, नेपालको उन्नतिको बाटो देखाउने, सुशासन लागू गराउने, नेपालको...