राष्ट्रपतिद्वारा संसद विघटन गर्दै वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी छिन् । आइतबार बिहान मन्त्रिपरिषद् बैठकद्वारा प्रधानमन्त्री केपी ओलीले संसद विघटनको सिफारिस गरेका थिए । प्रम ओली सिफारिस बोकेर आइतबार बिहानै शीतल निवास पुगेका थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन् । आइतबार दिउँसो राष्ट्रपतिको कार्यालय शीतल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जनाएको छ । राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै...