हेटौंडामा विद्युतीय गाडीकाे लागी सुपरफाष्ट चार्जिङ स्टेशन
हेटौंडा । नेपाली पानीबाट उत्पादन भएको बिद्युतलाई अधिकतम उपयोग गर्नका लागि पछिल्लो समय इलेक्ट्रोनिक्स सवारीहरुमा गरीने चार्जिङ स्टेशनको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका छन् । नेपाली बजारमा बिद्युत उपकरण ट्रान्सर्फमर उत्पादन गर्ने उद्योगको रुपमा नाम कमाएको ‘निक’ ले नेपालमै पहिलो पटक सञ्चालनमा ल्याएको सुपरफाष्ट चार्जिङ स्टेशनको मुख्यमन्त्री लामाले उद्घाटन गरेका हुन् । स्टेशनको उद्घाटन गदै मुख्यमन्त्री लामाले पहिलो पटक नयाँ ढंगबाट सञ्चालनमा आएको स्टेशनलाई प्रदेशभरी लैजान जरुरी रहेको बताए । उनले बाताबरण संरक्षणको लागि इलेक्ट्रोनिक चार्जि· स्टेशन जरुरी रहेको भन्दै सेवा बिस्तारमा लाग्न सुझाब दिए । स्टेशनका कारण नेपाली बजारमा रहेको आर्थिक श्रोत यहि...